एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै भीम रावलले भने' चुनावमा गएपछि हारजित हुनु सामान्य

एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै भीम रावलले भने' चुनावमा गएपछि हारजित हुनु सामान्य

१० बुँदे कार्यान्वयन नगरेकोमा ओलीसँग टाढिएका रावलले गृह जिल्ला अछाम साँफेबगरमा नगर कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै कार्यकर्ताको भावना अनुसार आगामी महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको बताए।

कार्यक्रममा उनले भने 'तपाईंहरु जे भन्नुहुन्छ म त्यसैमा उठ्छु। कतिपय नेता कार्यकर्ता पराजित भए के हुन्छ भनेर पनि सोध्छन्। तर, हार्ने/जित्ने ठूलो कुरो होइन।’

उनले निर्वाचनमा उम्मेदवार भएपछि हुने हारजित सामान्य रहेको बताउँदै भने' केपी ओलीले आठौँ महाधिवेशन हारेका होइनन् र? त्यो बेला हामी एकै प्यानलमा थियौँ। म उपाध्यक्षमा जितेँ. चुनावको कुरा गर्ने हो भने संविधानसभाको निर्वाचनमा ओली झापाबाट चुनाव हारेका होइनन् र? माधव नेपालले काठमाडौँबाट हारेका होइनन् र?'

रावलले पार्टीलाई एकताबद्ध बनाएर लैजान १० बुँदे सहमति कार्यान्वयन गरौँ भन्दा अध्यक्ष आफैँले सही गरेको आन्तरिक पार्टी निर्देशिका जारी गरेर पनि कार्यान्वयन नगरेको बताए।

कात्तिक २३, २०७८ मंगलबार १८:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।