आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने पक्राउ
सुनसरीः प्रहरीले आफ्नै श्रीमतीकाे हत्या गरेकाे अभियाेगमा एक जनालाई पक्राउ गरेकाे छ। ३४ वर्षीया छुङ्कु मगर (राई) को हत्याकाे अभियाेगमा उनका श्रीमान् धरान उपमहानगरपालिका-१५ निराजन बस्ती बस्ने ४१ वर्षीय महेन्द्र राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हाे।
महेन्द्रले छुङ्कुलाई कुटपिट गरी हत्या गरेकाे प्रहरीले जनाएकाे छ।
महेन्द्रको कुटपिटबाट गम्भीर घाइते भएकी छुङ्कुको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियाे। छुङ्कुकाे मृत्युकाे खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले महेन्द्रलाई पक्राउ गरेको हो।
घटनाकाे सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएकाे छ।
कात्तिक २३, २०७८ मंगलबार १३:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।