जनकपुरबाट तास खेलिरहेका ९ जना पक्राउ

जनकपुरबाट तास खेलिरहेका ९ जना पक्राउ

धनुषाः जनकपुरबाट तास खेलिरहेका ९ जना पक्राउ परेका छन्। जनकपुर उपमहानगरपालिका-२ शिव चोकस्थित होटल जानकी राजमा तास खेलिरहेको अवस्थामा सिरहा लहान नगरपालिका-१३ घर भई सोही होटलमा लेवरको काम गर्ने २१ वर्षीय अर्जुन कुमार साह लगायत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हाे। 

उक्त होटलमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख ६६ हजार ९ सय नेपाली रुपैयाँ, १ हजार ७ सय ५० भारतीय रुपैयाँ र ४ बुक ताससहित फेला पारी पक्राउ गरेको हो।   

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ। 

कात्तिक २३, २०७८ मंगलबार १२:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।