स्राेत नखुलेकाे २० लाखसहित एक जना पक्राउ

स्राेत नखुलेकाे २० लाखसहित एक जना पक्राउ

पर्साः वीरगञ्ज महानगरपालिका-८ घण्टाघरबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ। बारा विश्रामपुर गाउँपालिका-५ नकटुवा बस्ने ३१ वर्षीय चन्दन कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे। 

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको ना ४८ प ७६९१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहलाई २० लाख नगदसहित फेला पारी पक्राउ गरेको हो। 

उनी उपर बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 

कात्तिक २३, २०७८ मंगलबार १२:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।