बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि पेसी ताेकियाे

बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि पेसी ताेकियाे

काठमाडाैंः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मङ्गलबारका लागि बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाकाे समेत पेसी ताेकेका छन्। सर्वाेच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाकाे सुनुवाइ नगर्ने बताइरहँदा आज प्रधानन्यायाधीश राणाले अन्य मुद्दामा पनि पेसी ताेकेका हुन्। 

आजका लागि कूल १० वटा इजलास गठन भएकाे छ भने राणाले आफ्नाे समेत एकल इजलास तोकेका छन्। अन्य न्यायाधीशहरूकाे भने नियमित मुद्दा हेर्न संयुक्त इजलास गठन गरिएकाे छ। 

यसअघि असन्तुष्ट न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाकाे सुनुवाइ नगर्ने र प्रधानन्यायाधीशसँग इजलास 'शेयर' नगर्ने बताउँदै आएका थिए। 

यता नेपाल बार एसाेसिएसनले प्रधानन्यायाधीशकाे राजीनामालाई बटमलाइन बनाउँदै विराेध प्रदर्शन पनि गर्दै आएकाे छ। बारकाे हिजाे बसेकाे बैठकले आजदेखि कार्तिक ३० गतेसम्म निरन्तर कालोपट्टि बाँधेर विरोध प्रदर्शन गर्ने निर्णय गरेकाे थियाे। 

कात्तिक २३, २०७८ मंगलबार ११:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।