९ सदस्यीय भ्रमण टोलीका साथ प्रधानसेनापति भारततर्फ
काठमाडाैंः प्रधानसेनापति प्रभुराम शर्मा भारतका सेनाध्यक्ष एम एम नरवणेकाे निमन्त्रणामा आज भारततर्फ लागेका छन्। श्रीमती सुनिता शर्मासहितकाे ९ सदस्यीय टोली आज भारततर्फ लागेकाे हाे।
प्रधानसेनापति नियुक्त भएयता शर्माकाे याे पहिलाे औपचारिक विदेश भ्रमण हाे। भ्रमणका दौरान भाेलि भारतीय राष्ट्रपति रामनाथ काेविन्दले शर्मालाई भारतीय स्थल सेनाकाे मानार्थ महारथी दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेकाे छ।
उनले आज भने दिल्लीमा रक्षा सचिव, चिफ अफ डिफेन्स स्टाफ, भारतीय सेनाध्यक्ष र भारतीय वायु सेनाका एयर चिफ मार्सलसँग भेटवार्ता गर्नेछन्। प्रधानसेनापतिकाे भ्रमण अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कार्यवाहक प्रधानसेनापतिकाे जिम्मेवारी सम्हाल्नेछन्।
प्रधानसेनापति शर्माकाे भ्रमण टोली कात्तिक २६ गते नेपाल फर्कने तालिका रहेकाे छ।
कात्तिक २३, २०७८ मंगलबार १०:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।