ट्रककाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु

ट्रककाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु

मकवानपुरः जिल्लाकाे नवलपुरमा ट्रककाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु भएकाे छ। हेटौँडाबाट मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश-३-००४प ७१९१ नंको मोटरसाइकललाई ना७ख ८८१ नंको ट्रकले आज बिहान साढे ६ बजे ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हाे।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१२ निवासी ३२ वर्षीय सुशान्त पुडासैनी रहेका छन्। ट्रकका चालक लमजुङ निवासी पूर्णबहादुर भुजेललाई नियन्त्रणमा लिइएकाे छ। 

उनलाई कारबाहीे गर्ने प्रकृया अघि बढाइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

कात्तिक २३, २०७८ मंगलबार ०९:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।