घाँटी रेटेर सात वर्षीया बालिकाको हत्या

घाँटी रेटेर सात वर्षीया बालिकाको हत्या

सुर्खेतः जिल्लाकाे लेकबेंसी नगरपालिका–१ ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको छ। प्रहरीले घाँटी रेटिएको अवस्थामा सोमबार शव फेला पारेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए।

मृतक बालिका ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनार रहेकाे खुलेकाे छ। उनकाे शव घरबाट ५०० मिटर उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा फेला परेकाे हाे।

प्रवक्ता श्रेष्ठका अनुसार बालिका आइतबार बिहान १०ः०० बजे सामान किन्न भनी घर नजिकैको पसलमा गएकी थिइन्। तर उनी साे दिन घर नफर्केपछि परिवारले सोमबार बिहान ९ः०० बजे इलाका प्रहरी कार्यालयमा खबर गरेको थियो।

खबर प्राप्त भएलगत्तै खोजतलास गर्दा घाँटी रेटिएको अवस्थामा उनकाे शव फेला पारेको थियोे। घटनाबारे हाल अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

कात्तिक २३, २०७८ मंगलबार ०८:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।