सवारीकाे ठक्करबाट एक जनाकाे मृत्यु

सवारीकाे ठक्करबाट एक जनाकाे मृत्यु

नवलपरासी(पश्चिम): नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका-४ रमवापुरमा आज बिहानै सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी २५ वर्षीय युवक रहेका छन्।

मृतकको सनाखत हुन बाँकी रहेको छ। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

आज बिहान सवा ३ बजे नम्बर खुल्न नसकेको सवारी साधनले उनलाई ठक्कर दिएको थियो। दुर्घटनापश्चात सवारी साधनसहित फरार रहेका चालकको खोजी भइरहेको छ।

कात्तिक २३, २०७८ मंगलबार ०८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।