निर्मला कुर्मी घटनामा सात जना पक्राउ, पूर्व सांसद भने पक्राउ परेनन्
जिल्ला प्रहरी कार्यालय बाँकेले उनीहरू विरुद्ध कुर्मीको अपहरण गरी हत्या गरेको किटानी जाहेरीलाई समेत पक्राउको आधार बनाइएको छ। पक्राउ परेका बबनको उमेर ८० हाराहारी भएकाले उनी हाजिर जमानीमा छुटेका छन्। अन्य भने प्रहरी हिरासतमै छन्।
पूर्व सांसद बादशाह कुर्मी भने पक्राउ परेका छैनन्। किटानी जाहेरी र सरकारी प्रतिवेदनमा उनको समेत नाम छ। उनी भदौमा नै सरकारी वकिलको कार्यालयमा हाजिर भएर खोजेको समयमा उपस्थित हुने सर्तमा छुटेकाले उनलाई पक्राउ गर्ने कानुनी आधार नभएको प्रहरीको दाबी छ।
कात्तिक २२, २०७८ सोमबार २१:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।