एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक २७ गते बस्ने
एकीकृत समाजवादीले केन्द्रीय कमिटीको दोस्रो बैठक कात्तिक २७ र २८ गते बोलाएको हो।
बैठकमा देशैभर सङ्गठन विस्तारमा भइरहेको अवस्थाबारे समीक्षा हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
ललितपुर, सानेपास्थित हेरिटेज गार्डेनमा २७ गते बिहान ११ बजे पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठकको उद्घाटन गर्ने खतिवडाले बताए।
कात्तिक २२, २०७८ सोमबार २०:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।