कार्गो व्यवसायीमाथि किशोरी बलात्कारको आरोप, पाँच दिन हिरासतमा राख्न अनुमति

कार्गो व्यवसायीमाथि किशोरी बलात्कारको आरोप, पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ : कार्गो व्यवसायीहरूको छाता सङ्गठन फ्रेट फरवार्डस् सङ्घ (नेफा) का अध्यक्ष मनोज अधिकारी १६ वर्षिया नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।

१६ वर्षकी एक किशोरीलाई रेस्टुरेन्टमा बोलाएर बलात्कार गरेको उजुरीको आधारमा सोमबार महानगरीय प्रहरी वृत्त, कमलपोखरीको प्रहरीले उनलाई ठमेलबाट पक्राउ गरेको हो।

अधिकारीमाथि बलात्कार गरेको उजुरी आएपछि प्रहरीले काठमाडौँ जिल्ला अदालतमा पेस गरेर अनुसन्धानका लागि म्याद मागेको थियो महानगरीय प्रहरी वृत्तको प्रहरीले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद पाएको छ।

प्रहरीका अनुसार अहिले बालिकाको स्वास्थ्य परीक्षण र बयानको काम भइरहेको छ।

कात्तिक २२, २०७८ सोमबार १३:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।