चिनिया सेनाले नेपाली सेनालाई दियो तीन लाख डोज भेरोसेल खोप
काठमाडौँ : चिनिया सेनाले नेपाली सेनालाई तीन लाख डोज भेरोसेल खोप दिएको छ। नेपालका लागि चिनिया राजदूत होऊ यान्छीले सोमबार १० थान भेन्टिलेटर, एक सय थान कन्सन्ट्रेटरसहित भेरोसेल खोप उपलब्ध गराएको हो।
चीनको जनमुक्ति सेनाले पठाएको सहयोग नेपाली सेनाको जङ्गी अड्डामा राजदूत यान्छीले सहयोग सामाग्री प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी थिइन्।
कार्यक्रममा प्रधान सेनापति शर्माले सहयोगको लागि मित्रराष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद दिएका थिए। यस किसिमको सहयोगबाट नेपाली सेनाका सकल दर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने र यसबाट महामारी विरुद्धको लडाइमा नेपाली सेना थप प्रभावकारी रूपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने उनले बताएका थिए।
कात्तिक २२, २०७८ सोमबार १३:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।