काठमाडाैं आउँदै गरेकाे गाडी दुर्घटना हुँदा १८ जना घाइते
चितवनः जिल्लाकाे भरतपुर महानगरपालिका-२९ सेती दोभानमा आज हायस गाडी दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। माडीबाट काठमाडाैं आउँदै गरेको बा४ख १३२१ नम्बरको हायस गाडी आज बिहान सवा ७ बजे दुर्घटनामा परेकाे हाे।
गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरी चौकी जुगेडीले जनाएकाे छ।
दुर्घटनामा घाइते भएका चालकसहित सबैलाई उपचारका लागि कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा लगिएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
कात्तिक २२, २०७८ सोमबार १३:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।