पेल्ने मुडमै प्रधानन्यायाधीश, सहमति विपरीत आफैँलाई इजलास तोके
काठमाडौँ : आफ्नो इजलास नतोक्ने सहमति तोड्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणाले सोमबार आफ्नै नाममा समेत इजलास तोकेका छन्।
बन्दी प्रत्यक्षीकरणको रिटको समेत सुनुवाइ नभएपछि न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणको रिटको मात्र सुनुवाइ गर्ने तर राणा इजलासमा नबस्ने सहमति गरेका थिए। तर उनले सोमबार आफू र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलास राखेका छन्।
प्रधानन्यायाधीश राणाले कात्तिक १५ बाट बन्दी प्रत्यक्षीकरणको निवेदनको मात्रै पेशी तोक्न थालेका थिए। प्रधानन्यायाधीशले आफ्नो नाममा इजलास नराखेपछि न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणको सुनुवाइमा सकारात्मक भए पनि उनले सहमति तोडेर आफुलाई समेत इजलास राखेपछि उनको विपक्षमा रहेका न्यायाधीशहरू इजलासमा बस्ने सम्भावना घटेको छ।
यसै गरी नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश राणाको राजीनामाको माग गर्दै सुरु गरेको आन्दोलन सोमबार पनि जारी राखेका छन्। उनीहरूले कालो ब्यानर लिएर प्रदर्शन गरिरहेका छन्।
कात्तिक २२, २०७८ सोमबार ११:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।