माैसम अपडेट: अरब सागरकाे प्रभाव, देशभर आंशिक बदली
काठमाडाैंः नेपालकाे माैसम प्रणालीमा आज अरब सागरमा विकसित भइरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव परेकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसाे प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै आज राति देशभर आंशिक बदली रही गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
कात्तिक २२, २०७८ सोमबार ०९:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।