काठमाडाैंमा छुट्टाछुट्टै दुर्घटनामा एककाे मृत्यु, एक घाइते

काठमाडाैंमा छुट्टाछुट्टै दुर्घटनामा एककाे मृत्यु, एक घाइते

काठमाडौंः उपत्यकाका दुई स्थानमा भएकाे छुट्टाछुट्टै दुर्घटनामा परी एक जनाकाे मृत्यु भएकाे छ भने अर्का एक जना घाइते भएका छन्। गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलमा हिजो साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा गोकर्णेश्वर-८ बस्ने स्वछन्द पुडासैनी रहेका छन्। उपचारको लागि अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको हो।

हिजो साँझ ६ बजे बा९०प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएकाे महानगरीय प्रहरी प्रभाग सुन्दरीजलले जनाएको छ।

यस्तै महानगरपालिकाकाे वडा नम्बर ३२ जडिबुटीमा गए राति स्कुटरको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएका छन्। घाइते हुनेमा अन्दाजी ५० वर्षीय पुरुष रहेका छन्। घाइतेकाे वीर अस्पतालमा उपचार भइरहेको छ।

गए राति पौने ९ बजे बा६१प ४०५५ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ।

कात्तिक २२, २०७८ सोमबार ०९:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।