प्रधानन्यायाधीशबिरुद्ध बार एसोसिएसन : भोलिदेखि कालो पट्टी सहितको विरोध कार्यक्रम गर्ने

प्रधानन्यायाधीशबिरुद्ध बार एसोसिएसन : भोलिदेखि कालो पट्टी सहितको विरोध कार्यक्रम गर्ने

न्यायपालिकाको शुद्धीकरण गर्ने अभियान भन्दै बार एसोसिएसनले भोलि बिहान साढे १० बजे एक घण्टा कालो पट्टी सहितको विरोध कार्यक्रम गर्ने विज्ञप्ति निकालेर जानकारी दिएको छ। 

बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै गत कार्तिक १४, १५, १६ र १७ गतेको सर्वोच्च अदालत केन्द्रित कालो पट्टी सहितको विरोध कार्यक्रम गरेको थियो। 

‘कार्तिक २२ गतेदेखि पनि पुनः निरन्तरता दिइने भएकोले काठमाडौँ उपत्यकामा रहनु भएका सम्पूर्ण कानुन व्यवसायीहरूलाई उक्त कार्यक्रममा बिहान १०ः३० बजे नेबाएमा उपस्थित भई न्यायपालिकाको शुद्धीकरण गर्ने नेबाएको अभियानमा एक घण्टा कालो पट्टी सहितको विरोध कार्यक्रममा सरिक भइदिनुहुन हार्दिक आव्हान गर्दछौँ।’ बार महासचिव लीलामणि पौडेलले निकालेको विज्ञप्तिमा लेखिएको छ

कात्तिक २१, २०७८ आइतबार १७:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।