सल्यानमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु  

सल्यानमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु  

जयतपानीबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा बिहान पौने ११ बजेतिर दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार ९ जनाको घटनास्थलमा र ३ जनाको उपचारको क्रममा मृत्यु भएको छ। 

घाइतेहरूको सल्यानको श्रीनगर र अवस्था गम्भीर भएकाहरूलाई कोहलपुर र  नेपालगन्ज पठाइको प्रवक्ता श्रेष्ठले बताए।

कात्तिक २१, २०७८ आइतबार १६:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।