चार वर्षीया बलात्कार गरेकाे अभियाेगमा एक जना पक्राउ
कञ्चनपुरः चार वर्षीया बालिका बलात्कार गरेकाे अभियाेगमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-१६ परखेडी बस्ने ५० वर्षीय करन सिंह रहेका छन्।
करनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हाे।
करनले मादक पदार्थ सेवन गरी ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र आस्थायी प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाकाे सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कात्तिक १४, २०७८ आइतबार १४:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।