दाङमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु

दाङमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु

दाङः जिल्लकाे घोराही उपमहानगरपालिका-१० मा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ। हिजो भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका चालक घोराही उपमहानगरपालिका ३ बस्ने ४३ वर्षीय खिशिराम चौधरीकाे मृत्यु भएकाे हाे।

ईलाका प्रहरी कार्यालय नारायणपुरका अनुसार चाैधरीकाे उपचारको क्रममा आज बिहान साढे ५ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएकाे हाे।

चौधरीले चलाएको रा४प ७८५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो।

कात्तिक १४, २०७८ आइतबार १२:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।