बारको आजको प्रदर्शन सकियो, प्रधानन्यायाधीशको राजीनामा नै मुख्य बटमलाइन

बारको आजको प्रदर्शन सकियो, प्रधानन्यायाधीशको राजीनामा नै मुख्य बटमलाइन

काठमाडौं : प्रधानन्यायाधीश विरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनको आजको प्रदर्शन सकिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको बारले भोलि पनि १०:३० देखि ११:३० सम्म सर्वोच्च अदालतमा धर्ना दिने जनाएको छ।

आफूहरुको आन्दोलन शान्तिपूर्ण रहने र प्रदर्शनमा अवरोध नगर्न नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले चेतावनी दिएका छन्।

अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बताए।

कात्तिक १४, २०७८ आइतबार ११:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।