प्रधानन्यायाधीशले तोके आफू सहितको १२ वटा इजलास, सर्वोच्च र बार प्रवेशमा कडाइ
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आइतबारको पेसी तोकेका छन्। प्रधानन्यायाधीश राणाले आइतबारका लागि आफूसहितको १२ वटा इजलास तोकेका हुन्
अन्य न्यायाधीशहरुका लागि सात वटा संयुक्त इजलासमा पेसी तोकेका प्रधानन्यायाधीश राणाले दुई वटा पूर्ण इजलाससमेत तोकेका छन्।
एउटा पूर्ण इजलास उनको एकल छ भने अर्को उनको र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजदास रहेको छ।
प्रधानन्यायाधीश राणाले न्यायाधीशहरु कुमार रेग्मी, हरिप्रसाद फुयाल तथा मनोजकुमार शर्माको एकल इजलास तोकेका हुन्।
प्रधानन्यायाधीशले आजका लागि इजलास तोकेपछि सर्वोच्च अदालत तथा बार प्रवेशमा कडाइ गरिएको छ।
नेपाल बार एसाेसिएसनले आज कालाेपट्टी बाँधेर विराेध प्रदर्शन गरिरहेको छ। आज बिहान १० बजेदेखि ११ बजेसम्म सर्वाेच्च अदालत परिसरमा बारले विराेध गरिरहेको छ।
आजबाट चार दिनसम्म विराेध कार्यक्रम जारी राख्ने बारका महासचिव तथा अधिवक्ता लीलामणि पाैडेलले बताएका छन्।
प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाले अदालतको विकृति, विसंगति र भ्रष्टाचार राेक्न नसकेकाे साथै न्यायापालिकाकाे स्वच्छता र गरिमा कायम राख्न नसकेको भन्दै बारले राणाकाे राजीनामा माग गर्दै विरोधमा उत्रिएको हाे।
कात्तिक १४, २०७८ आइतबार ११:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।