डडेल्धुरामा बस दुर्घटना हुँदा १० जना घाइते

डडेल्धुरामा बस दुर्घटना हुँदा १० जना घाइते

डडेलधुराः दार्चुलाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। ना८ख ६१३२ नम्बरको बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। 

 

बसमा ३२ यात्रु सवार रहेको बताइएको छ। हाल दुर्घटनाका घाइतेलाई उपचारका लागि धनगढी ल्याइँदैछ।

घाइतेमध्ये ७ जनाकाे सनाखत भएकाे छ भने अन्य तीन जनाकाे विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ। 

कात्तिक १४, २०७८ आइतबार १०:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।