प्रधानन्यायाधीशकाे राजीनामा माग गर्दै कालाेपट्टी बाँधेर बार एसाेसिएसनले विराेध गर्ने
काठमाडाैंः नेपाल बार एसाेसिएसनले आज कालाेपट्टी बाँधेर विराेध प्रदर्शन गर्ने भएकाे छ। आज बिहान १० बजेदेखि ११ बजेसम्म सर्वाेच्च अदालत परिसरमा बारले विराेध गर्ने भएकाे हाे।
आजबाट चार दिनसम्म विराेध कार्यक्रम जारी राख्ने बारका महासचिव तथा अधिवक्ता लीलामणि पाैडेलले बताए।
प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाले अदालतको विकृति, विसंगति र भ्रष्टाचार राेक्न नसकेकाे साथै न्यायापालिकाकाे स्वच्छता र गरिमा कायम राख्न नसकेको भन्दै बारले राणाकाे राजीनामा माग गर्दै विरोध गर्ने भएकाे हाे।
बारले १६ गते सर्वाेच्च अदालत प्राङ्गणमा धर्ना तथा विराेध सभा पनि गर्ने भएकाे छ। यस्तै बारले १७ गतेसम्म पनि प्रधानन्यायाधीशकाे राजीनामा नआए विराेधका थप कार्यक्रमहरू घाेषणा गर्ने बताएकाे छ।
कात्तिक १४, २०७८ आइतबार ०९:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।