प्रचण्डको दाबी खण्डन गर्दै ओलीले भने : प्रधानमन्त्री निवासमा भाँडा आफ्नै घरबाट लगेको हुँ

प्रचण्डको दाबी खण्डन गर्दै ओलीले भने : प्रधानमन्त्री निवासमा भाँडा आफ्नै घरबाट लगेको हुँ

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदा डेढ लाखको खाटमा सुतेको भन्दै आलोचना भएको, प्रधानमन्त्री केपी शर्मा ओलीले त करोडौको विदेशी सामान किनेको भन्दै आलोचना गरे।

प्रधानमन्त्री निवास बालुवाटारमा रहेको ओलीको नुहाउने सामान देखेर प्रधानमन्त्री शेरबहादुर देउवा नै छक्क परेको उनको दाबी थियो।

तर ओलीले ती सामान किनेको नभई घरबाट लगेको दाबी गरे।शनिवार सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्दै उनले विरोधीहरूले लगाएको आरोप मात्र भएको दाबी गरे।

‘मेरो भान्सामा भाँडाकुँडा पनि आफ्नै हुन्थे । आफ्नै घरबाट लगेको हुन्थे, के को किन्नु ?’ उनले प्रचण्डले चितवनमा गरेको दाबी खण्डन गर्दै भने।

उनले बालुवाटारमा रहने सेना लगायतको खाना बनाउन भाँडा भए पनि आफ्ना लागि भने थोरै सामान भए नै पुग्ने दाबी गरे।  श्रीमतीले पकाएको थोरै खान खाएर बस्न करोडौँको भाँडाकुँडा नचाहिने उनले दाबी गरे।

प्रचण्डले उनको नुहाउने लगायतको सामानबारे दाबी गरेका थिए। उनले भने खाना पकाउने सामानबारे दाबी गरेर खण्डन गरे। प्रधानमन्त्री लगायतका सुरक्षामा बालुवाटारमा खटिने सुरक्षाकर्मी प्रधानमन्त्री कार्यालयमा आश्रित हुन्न। सेना, प्रहरीले आफ्नो मेस आफैँ व्यवस्थापन गर्ने गरेका छन्।

प्रधानमन्त्रीको निजी निवासमा उनीहरूलाई काम विशेषबाहेक प्रवेश अनुमति समेत हुन्न।

कात्तिक १३, २०७८ शनिबार १५:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।