इन्धनकाे मूल्यवृद्धिले जनतालाई आहत पुग्याे: नेता सिंह

इन्धनकाे मूल्यवृद्धिले जनतालाई आहत पुग्याे: नेता सिंह

काठमाडाैंः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनमा भएकाे मूल्यवृद्धिले जनतालाई आहत पुगेकाे बताएका छन्। काठमाडाैंमा आयाेजित एक कार्यक्रममा उनले चाडपर्वकाे मुखमा इन्धनकाे मूल्यवृद्धि हुँदा कम आय भएका जनता प्रभावित भएकाे उनकाे भनाइ थियाे।

'इन्धनको मूल्यवृद्धिले जनतालाई राहत होइन आहत पारेको छ', उनले भने।

उनले सरकारलाई मूल्यमा पुनर्विचार गर्न आग्रह समेत गरे। उनले निगमको व्यवस्थापनलाई फजूल खर्च घटाउने पनि सुझाव दिएका थिए। 

नेपाल आयल निगमले आजबाट लागू हुनेगरी पेट्राेलियम पदार्थमा मूल्यवृद्धि गरेकाे छ। जसअनुसार पेट्राेलकाे नयाँ मूल्य प्रतिलिटर एक सय ३३ रहेकाे छ भने खाना पकाउने ग्यासकाे मूल्य प्रतिसिलिन्डर एक हजार ५ सय पुगेकाे छ। 

कात्तिक १३, २०७८ शनिबार १४:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।