राष्ट्रपति भण्डारीले गरिन् मुक्तिनाथमा पूजा

राष्ट्रपति भण्डारीले गरिन् मुक्तिनाथमा पूजा

मुस्ताङ: राष्ट्रपति विद्यादेवी भण्डारीले आज मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छिन्। राष्ट्रपति भण्डारी आज काठमाडाैंबाट नेपाली सेनाकाे हेलिकप्टरमा मुक्तिनाथ पुगेकी हुन्।

राष्ट्रपति कार्यालयले नेपाल पर्यटनका लागि सुरक्षित गन्तव्य भएकाे सन्देश दिन राष्ट्रपति मुक्तिनाथ गएकाे जनाएकाे छ। 

हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथकाे दर्शन गरेर राष्ट्रपति भण्डारी आज बागलुङमा अवस्थित ढोरपाटन शिकार आरक्षको अवलोकनमा जाने राष्ट्रपति कार्यालयले जनाएकाे छ।

कात्तिक १३, २०७८ शनिबार ११:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।