पाेखरामा मिनी ट्रककाे ठक्करबाट पावर टेलर चालककाे मृत्यु

पाेखरामा मिनी ट्रककाे ठक्करबाट पावर टेलर चालककाे मृत्यु

कास्कीः पोखरा महानगरपालिका-२७ मा हिजो साँझ मिनी ट्रकको ठक्करबाट पावर टेलर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका-२९ बस्ने ३६ वर्षीय पुष्पराज अधिकारी रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा पश्चिम क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो। हिजो साँझ सवा ६ बजे ग १ क ४९६५ नम्बरको मिनी ट्रकले ग १ त ३८१२ नम्बरको पावर टेलरलाई ठक्कर दिएको हो।

दुवै सवारी साधन र मिनी ट्रक चालकलाई इलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको छ।

कात्तिक १३, २०७८ शनिबार १०:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।