प्रदेश १ मा एकीकृत समाजवादीकाे नेतृत्त्वमा सरकार बन्छ: अध्यक्ष नेपाल
विराटनगरः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ काे मुख्यमन्त्रीबाट भीम आचार्यकाे बहिर्गन हुने बताएका छन्। विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्ताे बताएका हुन्।
उनले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाे र गठबन्धन बलियाे भएकाे बताए। प्रदेश १ मा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रकुमार राईको नेतृत्त्वमा सरकार बन्ने पनि उनले दावी गरे।
उनले केपी शर्मा ओली नेतृत्त्वकाे अघिल्लो सरकारले सङ्घीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको पनि आरोप लगाए।
यस्तै उनले प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणालाई महाभियाेग लगाउने कुनै छलफल नभएकाे पनि पुनः बताए।
कात्तिक १३, २०७८ शनिबार १०:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।