काेटेश्वरमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु

काेटेश्वरमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु

काठमाडाैंः शनिबार बिहान काठमाडाैंकाे काेटेश्वरस्थित भाटभटेनी सपिङ मल अगाडि माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ। महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार माेटरसाइकल चालककाे मृत्यु भएकाे हाे।

मृतककाे सनाखत भने भएकाे छैन। अन्दाजी ३० वर्षीय युवककाे मृत्यु भएकाे प्रहरीले अनुमान गरेकाे छ। 

कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा ८९ प ३२९८ नम्बरको मोटरसाइकल आज बिहान सवा ३ बजे अनियन्त्रित भई दुर्घटनामा परेकाे थियाे। गम्भीर घाइते भएका युवककाे उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो।

कात्तिक १३, २०७८ शनिबार १०:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।