संसदीय टोलीले गर्याे बेनी–जोमसोम–कोरला सडक अनुगमन
म्याग्दीः राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय उपसमितिको टोलीले बेनी–जोमसोम–कोरला सडकको अनुगमन गरेको छ। कालिगण्डकी काेरिडाेरअन्तर्गत पर्ने उक्त १८६ किलोमिटर दूरीको सडक उत्तरकाे सीमासम्म पुग्छ।
अनुगमन गर्ने टोलीमा उपसमितिका सभापति अनिता देवकोटा, सदस्य नारायणकाजी श्रेष्ठ र इन्दिरादेवी गौतमसहित सचिवालयका दुई कर्मचारी रहेका थिए।
सडक आयोजनाका प्रमुख जगत प्रजापतिका अनुसार अनुगमनपछि टोलीले आवश्यक निर्देशन दिएका छन्। राष्ट्रिय सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले चराङ–छोसेर खण्डको सडक निर्माणमा ढिलाई भएकाे भन्दै काम तीव्र गतिमा बढाउन निर्देशन दिएका थिए।
कात्तिक १३, २०७८ शनिबार ०९:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।