एमाले वडा अधिवेशन: कैलालीका एक सय ८ वडामा सम्पन्न,१८ मा बाँकी 

एमाले वडा अधिवेशन: कैलालीका एक सय ८ वडामा सम्पन्न,१८ मा बाँकी 

धनगढीः कैलालीका एक सय १० वडामा एमालेकाे वडा अधिवेशन सम्पन्न भएको छ। सहमति जुट्न नसक्दा १ वडामा भने अधिवेशन हुन सकेको छैन।

धनगढी उपमहानगरपालिकामा १, गोदावरी नगरपालिकामा ४, टीकापुरमा २ लगायत जिल्लाभरका १८ वडामा अधिवेशन हुन बाँकी छ।

कैलालीका एक सय ८ वडामा भने सर्वसम्मत नेतृत्त्व चयन गरिएको नेकपा एमाले कैलाली सह–इन्चार्ज लीला भण्डारीले बताइन्। ‘आकाङ्क्षी बढी भएका कारण १८ वडामा अधिवेशन हुन सकेको छैन,हामी सहमति खोज्दै छौँ, शनिबार र आइतबारभित्रमा अधिवेशन भइसक्छ, त्यसपछि गाउँपालिका र नगर अधिवेशन हुन्छ’,भण्डारीले भनिन्।

उनका अनुसार घोडाघोडी र गौरीगङ्गा नगरपालिका, चुरे,बर्दगोरीया र जानकी गाउँपालिकामा सर्वसम्मत नेतृत्त्व चयन गरिएको छ। 

गोदावरीका १२ मध्ये ८ मा सर्वसम्मत नेतृत्त्व चयन हुँदा ७,४,५ र १ वडामा अधिवेशन हुन बाँकी छ। लम्कीचुहा नगरपालिकाका १० वडा मध्ये ९ नम्बरमा बाँकी छ। टीकापुरका ९ वडा मध्ये ८ र ९ मा बाँकी छ। मोहन्याल गाउँपालिकाका ७ वडा मध्ये ३ नम्बरमा सहमति जुट्न सकेको छैन।

यस्तै जोशीपुर गाउँपालिकाका ७ मध्ये ५ मा सर्वसम्मत हुँदा २ र ६ मा अधिवेशन हुन सकेको छैन। भजनी नगरपालिकाका ९ वडा मध्ये १,२,३,६ मा सहमति जुट्न बाँकी छ।

कैलारी गाउँपालिकाका ९ मध्ये ६ मा सर्वसम्मत र १,३ र ४ वडामा चयन हुन बाँकी छ। यस्तै धनगढी उप–महानगरपालीकाको १९ वडामध्ये १८ वडामा सर्वसम्मत अधिवेशन सम्पन्न भएको छ भने एक नम्बर वडामा सहमति जुट्न सकेको छैन।

कात्तिक १३, २०७८ शनिबार ०९:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।