प्रधानमन्त्री देउवा लण्डनमा, राजदूत खनालले गरे स्वागत
काठमाडाैंः प्रधानमन्त्री शेरबहादुर देउवा शु्क्रबार राति बेलायतकाे राजधानी लण्डन पुगेका छन्। स्टकल्याण्डस्थित ग्लास्गो शहरमा आयोजना हुन गइरहेको ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुने क्रममा शुक्रबार राति देउवा लण्डन पुगेका हुन्।
लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपालका लागि सर्वदलीय संसदीय समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाललगायतले स्वागत गरेका थिए।
देउवा शनिबार र आइतबार लण्डनमै रहने बताइएकाे छ। बेलायत गएकाे प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन सचिव डा पे्रमनारायण कँडेल, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव मधुकुमार मरासिनी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्कीसहित २१ जना रहेका छन्।
देउवासहितकाे टोली भाेलि साँझ लण्डनबाट ग्लास्गाेतर्फ लाग्ने परराष्ट्र मन्त्रालयले जनाएकाे छ।
कात्तिक १३, २०७८ शनिबार ०८:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।