माैसम अपडेट: प्रदेश १ र गण्डकीका पहाडी भूभागमा वर्षाकाे सम्भावना

माैसम अपडेट: प्रदेश १ र गण्डकीका पहाडी भूभागमा वर्षाकाे सम्भावना

काठमाडाैंः माैसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ र गण्डकी प्रदेशकाे पहाडी भूभागमा वर्षाकाे सम्भावना रहेकाे बताएकाे छ। हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया सफा रहेको छ।

शनिबार दिउँसाे पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै आज राति भने प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

कात्तिक १३, २०७८ शनिबार ०८:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।