एमालेको महाधिवेशनका लागि १२ समिति गठन
काठमाडौँ : १० औँ राष्ट्रिय महाधिवेशनका लागि नेकपा एमालेले १२ वटा समिति गठन गरेको छ। संयोजक रामबहादुर थापा (बादल)को संयोजनमा बसेको महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले समितिहरू गठन गरेको हो।
बादल मूल व्यवस्थापन समितिको संयोजक हुन्। बैठकले प्रतिनिधि व्यवस्थापन समिति, प्रचारप्रसार समिति, अतिथि सत्कार समिति, खाद्य व्यवस्थापन समिति, स्वयंसेवक परिचालन समिति मञ्च व्यवस्थापन समिति, सांस्कृतिक समिति, जनपरिचालन समिति बनाएको हो।
प्रतिनिधि व्यवस्थापन समितिमा विष्णु पौडेल, जनपरिचालन समितिमा सुरेन्द्र पाण्डे, प्रचारप्रसार समितिमा योगेश भट्टराई,स्वास्थ्य समितिमा भानुभक्त ढकाल, आर्थिक समितिमा विष्णु रिमाल, मञ्च व्यवस्थापन समितिमा शेरबहादुर तामाङ,अतिथि सत्कार समितिमा राजन भट्टराई, आवास व्यवस्थापन समितिमा कृष्णभक्त पोखरेललाई जिम्मा दिइएको छ।
यसैगरी, स्वयंसेवक परिचालन समितिमा विनोद श्रेष्ठ, यातायात व्यवस्थापन समितिमा काशीनाथ अधिकारी र खाद्य व्यवस्थापन समितिमा कपिल पोखरेल /पार्वती रावल संयोजक तोकिएको छ।
एमाले महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ।
आज बसेको स्थायी कमिटीको बैठकले १० औँ राष्ट्रिय महाधिवेशनका लागि १ हजार ९९९ जना प्रतिनिधि चयन गर्ने निर्णय गरेको थियो। बैठकले १५३६ प्रतिनिधि चयन गर्ने निर्णय गरेको थियो। प्रतिनिधि चयनका लागि कार्तिक २७ गते निर्वाचनको मिति तोकेको छ।
कात्तिक १२, २०७८ शुक्रबार २१:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।