कौडाको खालमा समातिए काँग्रेस र एमालेका नेता

कौडाको खालमा समातिए काँग्रेस र एमालेका नेता

दाङ : दाङको तुलसीपुरमा कौडाको खालबाट प्रहरीले नेपाली काँग्रेस र एमालेका जिल्ला नेतासहित ८ जनालाई पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित रजौराबाट उनीहरूलाई शुक्रवार पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार दीपेन्द्र गिरी ‘दिपु’, मीन केतन गिरी, सुरेन्द्र हमाल, विवेक मल्ल, दिगम्बर गिरी, मानबहादुर रावतलगायत ८ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सञ्चार उद्यमीसँगै एमाले र काँग्रेसका जिल्लातहका नेता समेत रहेको प्रहरी स्रोतले बताएको छ। ती मध्ये केही पटक–पटक जुवाको खालबाट पक्राउ परेका व्यक्तिहरू रहेको प्रहरीले जानकारी दिएको छ।

उनीहरूको साथबाट प्रहरीले एक लाख ९८ हजार रुपैयाँ र कौडा फेला पारेको जानकारी दिएको छ। 

कात्तिक १२, २०७८ शुक्रबार १९:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।