चड्कन हान्ने वकिलले मागे माफी : अधिवक्ता चुडाल 

चड्कन हान्ने वकिलले मागे माफी : अधिवक्ता चुडाल 

काठमाडौँ : अधिवक्ता भूमिनन्द चुडालले कानुन व्यवसायी भएर काम गरेको ३५ वर्षमा पहिलो पटक पिटाई खानु परेका बताएका छन्।

उनले कानुन व्यवसायीहरू अधिकारबाट वञ्चित भएको विषयमा बोल्दा आफूले बार भित्रै कुटाई खानु परेको गुनासो गरे। कठमाडौंमा भएको कार्यक्रममा बार परिसरमा चड्कन खाएका अधिवक्ता चुडालले देशको नियम कानुन मान्ने वकिलहरूले नै आफूमाथि आक्रमण गरेको भन्दै आपत्ति जनाए। 

अदालतमा गुण्डागर्दी शैली बढेको भन्दै उनले बोल्न पनि नपाएको गुनासो गरे। ‘न्यायाधिशहरुलाई अलिकति पनि देश र जनताको माया छ भने विकट ठाउँबाट गम्भीर मुद्दा लिएर आएका धेरै छन्,’उनले भने,‘यसबाट हुने क्षतिको न्यायाधिसहरु नै जिम्मेवार हुनुपर्छ।’

उनले आफूलाई आक्रमण गर्ने वकिलहरूले कानुन व्यवसायीहरूको सल्लाह अनुसार माफी मागेको बताए। उनले भने,‘बेन्च नबस्दा हामी जस्ता साना वकिलहरूले खान नपाएको भन्दै मैले अन्तर्वार्ता दिएपछि रिसले म माथि कुटपिट भएको हो।’

कात्तिक १२, २०७८ शुक्रबार १७:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।