बर्दियामा भन्सार छलेर ल्याइएका राँगा बरामद 

बर्दियामा भन्सार छलेर ल्याइएका राँगा बरामद 

बर्दिया : जिल्ला प्रहरी कार्यालय बर्दियाले भारतबाट भन्सार छलेर नेपाल ल्याइएका राँगा बरामद गरेको छ।

प्रहरीले ८० हजार मूल्य बराबरका २ वटा राँगा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। 

प्रहरीका अनुसार बरामद गरिएका राँगा राजापुर भन्सार कार्यालय गुलरियामा पठाइएको छ।

कात्तिक १२, २०७८ शुक्रबार १६:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।