प्रधानमन्त्रीले गर्ने प्रशासनिक कामको जिम्मा गृहमन्त्रीलाई
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन्।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका अवसरमा हुने विश्वका नेताहरूको शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा बेलायत उडेका हुन्।
प्रधानमन्त्री देउवा बेलायत गएकाले गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मा पाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा गृहमन्त्री खाँणलाई प्रशासनिक कार्य सम्हाल्ने गरी तोकेकी छन्।
प्रधानमन्त्री देउवा कात्तिक १८ गते स्वदेश फर्कने कार्यतालिका रहेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ।
कात्तिक १२, २०७८ शुक्रबार १५:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।