२३ जनाले पाए हराएको मोटरसाइकल
काठमाडौँ : उपत्यकाका विभिन्न ठाउँबाट हराएका २३ वटा मोटरसाइकल महानगरीय ट्राफिक प्रहरी महाशाखाले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
२३ मध्ये १५ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीले बुझेका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
सवारी धनीले ट्राफिक महाशाखामा दिएको हुलिया निवेदनका आधारमा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई बुझाउने गरिएको महाशाखाले जनाएको छ।
मोटरसाइकल हस्तान्तरण कार्यक्रममा महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले मोटरसाइकल हराउन नदिन सवारी धनी थप सजक एव जिम्मेवार हुनुपर्ने बताए।
.jpg)
‘आफ्नो भेटिएको सवारी साधन फिर्ता लिने क्रममा केही धनीहरूले ट्राफिक प्रहरीलाई धन्यवाद दिदैं हराएको मोटरसाइकल भेटिँदैन होला भनेर अर्को नयाँ किनेर चढ्न सुरु गरेको कुरा सुन्दा हामी थप उत्साहित भएका छौँ,’ उनले भने,‘अझ सक्रिय भई चोरी नियन्त्रणमा लाग्नेछौँ।’
बिशेषगरी स्कुटर चालकहरूले सवारी दर्ता किताब (विल बुक) डिक्कीमै राख्ने गरेको हुन्छ। कतिपय अवस्थामा चाबी सहित स्कुटरहरू हराउने हुँदा चोरी पश्चात् नम्बर प्लेट समेत परिवर्तन नगरी निर्बाध रूपमा चलाउन, चेकिङमा सोही ब्लु बुक देखाई छुट्न समेत सजिलो हुने गरेको महाशाखाले उल्लेख गरेको छ।
चालु आर्थिक वर्षमा हराएका ३८७ मोटरसाइकल मध्ये १७१ मोटरसाइकल नियन्त्रणमा लिई १६८ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ।
मोटरसाइकल चोरीमा संलग्न १९ जनालाई चोरीका मोटरसाइकल सहित सम्बन्धित प्रहरी वृत्तहरूमा कारबाहीको लागी पठाएको पनि महाशाखाले जनाएको छ।
कात्तिक १२, २०७८ शुक्रबार १४:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।