शुक्रबारका लागि ८ वटा इजलास ताेकियाे
काठमाडाैंः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले शुक्रबारका लागि ८ वटा इजलास तोकेका छन्। गत बुधबार र बिहीबार प्रधानन्यायाधीश राणाले आफ्नाे एकल इजलास तोकेर पेशी राखेको भए पनि शुक्रबार भने उनले आफ्नो एकल इजलास राखेका छैनन्।
उनले आजका लागि न्यायाधीश डा. कुमार चुडालसहितको संयुक्त इजलास तोकेका छन्।
त्यसैगरी आनन्दमोहन भट्टराईको एकल इजलास तोकिएको छ। प्रधानन्यायाधीश जबराले गत पाँच दिनदेखि इजलास तोक्दै आए पनि सहकर्मी न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन्।
कात्तिक १२, २०७८ शुक्रबार ११:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।