सुरुङमार्गमा भारतीय ट्रककाे ठक्करबाट एक जनाकाे मृत्यु

सुरुङमार्गमा भारतीय ट्रककाे ठक्करबाट एक जनाकाे मृत्यु

धादिङः जिल्लाकाे धुनिबेशी नगरपालिका-९ सुरुङमार्गमा हिजो बेलुका ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङकै धुनिबेशी नगरपालिका-९ कानकोटका २९ वर्षीय ओमकृष्ण पाण्डे रहेकाे ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ।

मृतक सुरुङमार्गमै काम गर्ने युवक रहेकाे पुष्टि भएकाे छ। गम्भीर घाइते भएका उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर काठमाडाैंमा मृत्यु भएको हो।

सुरुङमार्गमा हिजो साँझ सवा ८ बजे भारतीय नम्बरको ड्रम ट्रकले उनलाई ठक्कर दिएको थियो। ट्रक चालक फरार भएकोले खोजी भइरहेको प्रहरीले जनाएकाे छ।

कात्तिक १२, २०७८ शुक्रबार १०:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।