वडाध्यक्षसहित तास खेलिरहेका नौ जना पक्राउ

वडाध्यक्षसहित तास खेलिरहेका नौ जना पक्राउ

नुवाकोटः जिल्लाकाे सूर्यगढी गाउँपालिका–५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित नौ जना तास खेलिरहेकाे समयमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विदुर नगरपालिका–४ स्थित एक होटलमा तास खेलिरहेको समयमा वडाध्यक्ष अधिकारीसहित नौ जनालाई बिहीबार राति पक्राउ गरेकाे हाे।

प्रहरी उपरीक्षक तुलबहादुर कार्कीका अनुसार पक्राउ पर्ने अन्यमा विदुर–१ का कृष्ण विश्वकर्मा, विदुर–४ का केशवप्रसाद पन्त, विदुर–५ का नवीन चित्रकार, विदुर–६ का मच्छिन्द्र परियार, बेलकोटगढी नपा–१० का सन्तोष त्रिपाठी, लिखु गापा–३ का राजु पन्त, दार्चुला घर भएर हाल विदुर–६ बस्दै आएका पदमसिंह धामी र भारतको मोतिहारी घर भएर हाल बट्टारमा बस्दै आएका ईश्वर गुप्ता रहेका छन्।

प्रहरीका अनुसार ताससहित तीन लाख ५२ हजार नगदसमेत बरामद गरिएको छ। उनीहरूलाई थप अनुसन्धानपश्चात जिल्ला प्रशासन कार्यालयमा जुवा ऐनमा मुद्दा दर्ता गर्ने प्रहरीले जनाएको छ।

कात्तिक १२, २०७८ शुक्रबार ०९:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।