२० सदस्यीय टोलीकाे नेतृत्त्व गर्दै प्रधानमन्त्री देउवा आज बेलायत जाँदै

२० सदस्यीय टोलीकाे नेतृत्त्व गर्दै प्रधानमन्त्री देउवा आज बेलायत जाँदै

काठमाडाैंः प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत जाँदैछन्। गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएयताकाे पहिलाे विदेश भ्रमणकाे रूपमा देउवा आज बेलायत जाने भएका हुन्। 

ग्लासगोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) मा भाग लिन देउवाले बेलायतकाे भ्रमण गर्न लागेका हुन्। कतार एयरवेजकाे विमानबाट बिहान १०ः४० बजे देउवा बेलायत जानेछन्।

परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री देउवा कात्तिक १८ गते स्वदेश फर्कने छन्। काेप-२६ सम्मेलन भने कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ।

कात्तिक १२, २०७८ शुक्रबार ०८:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।