उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजारभन्दा बढी पक्राउ
महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार मदिरा पिएर सवारी साधन चलाउने एक सय ३७ जनालाई कारबाही गरिएकाे छ भने फुटपाथमा पार्किङ गर्ने एक सय ४२ जनालाई कारबाही गरिएकाे छ। यस्तै जथाभावी यात्रु चढाउने र ओराल्ने ९८ जनालाई कारबाही गरिएकाे छ।
यता क्षमताभन्दा बढी यात्रु राख्ने ९१ जना, तीव्र गतीमा सवारी गुडाउने ५८ जना, ढोका खुल्ला गरी सवारी चलाउने ६६ जना र रातो बत्तिको उल्लङ्घन गर्ने ५६ जनालाई पक्राउ गरिएकाे छ।
यस्तै अवस्था ठीक नभएका सवारी गुडाउँदै गरेका ६१ जना चालकहरू पनि पक्राउ परेका छन्। अन्य विभिन्न प्रकारले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई पनि पक्राउ गरिएकाे छ।
कात्तिक १२, २०७८ शुक्रबार ०८:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।