डकैती गराउने मुख्य याेजनाकार पक्राउ
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ पुनर्वास बस्ने कारी भनिने ४२ वर्षीय विश्वनाथ पासवान रहेका छन्।
पासवानलाई महाेत्तरीकाे सोनमा गाउँपालिका–३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गत असार ३ गते पासवानकै योजनामा हतियारधारी डाकाकाे समूहले राति पर्सादेवाडका वीरेन्द्र साहको घरका परिवारजनलाई गोली प्रहारसमेत गरेर सुनचाँदीका गहना र नगद गरी करिब नौ लाख मूल्य बराबरको धनमाल लुटेकाे कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
डाकाको समूहले घरमुली वीरेन्द्र साहको ढाडमा गोली प्रहार गर्नुका साथै पत्नी सुशीलादेवी, छोरा शम्भु र राजीव तथा छोरी कञ्चनलाई फलामे रडले प्रहार गरी घाइते समेत बनाएको थियो। पक्राउ परेका पासवान पेशेवर डाका रहेकाे प्रनाउ विष्टको भनाइ छ।
पासवान धनुषाबाट रौतहट र सीमापारिसम्मका डकैती घटनाका योजनाकार रहँदै आएको प्रहरीको निष्कर्ष छ।
कात्तिक १२, २०७८ शुक्रबार ०७:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।