संसद्का १३ बैठकमा तीन सांसद अनुपस्थित
काठमाडौँ : प्रतिनिधि सभाको बैठक अब तिहारपछि मात्रै बस्ने भएको छ। आज बसेको बैठक कार्तिक २९ गतेसम्मका लागि स्थगित भएको छ।
एमालेका सांसदको अबरोधकाबीच कानुन मन्त्री दिलेन्द्र बडुले राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस गरेका छन्।
सभामुख अग्नि सापकोटाले अवरोधकैबीच प्रतिनिधि सभामा १० पटक भन्दा धेरै अनुपस्थित हुने सदस्यको नाम पढेर सुनाए। संसद्का १३ वटा बैठकमा झलनाथ खनाल,कर्मा घले र प्रदीप गिरि अनुपस्थित भएका सभामुख सापकोटाले जानकारी दिए।
खनाल, घले र गिरि बिरामी भएर अनुपस्थित भएको सूचना अनुमोदनलाई सभाले स्वीकृति जनाएको सापकोटाले बताए। भदौ २३ गतेदेखि सुरु भएको प्रतिनिधि सभाको बैठकमा एमालेका सांसदले निरन्तर अवरोध गर्दै आएका छन्।
कात्तिक ११, २०७८ बिहीबार १५:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।