सर्वोच्चमा आज पनि रिटमाथि सुनुवाइ भएन

सर्वोच्चमा आज पनि रिटमाथि सुनुवाइ भएन

काठमाडाैंः सर्वाेच्च अदालतमा आज कुनै रिटमाथि सुनुवाइ भएन। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आजका लागि एउटा बृहत्पूर्ण इजलाससहित ८ वटा इजलास तोकेका थिए।

 

सर्वोच्चका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको बिहीबार बिहान निधन भएकाले रिटमाथि सुनुवाइ नभएको हो। ८४ वर्षीय लम्सालको मेडिकेयर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

सर्वोच्चको दिउँसो साढे १ बजे बसेको पूर्ण बैठक (फुलकोर्ट)ले पूर्वन्यायाधीश लम्सालको निधनमा शोक प्रस्ताव पारित गरेको हो। 

यसअघि बुधबार प्रधानन्यायाधीश राणाले मात्रै रिटको सुनुवाइ गरेका थिए। अन्य न्यायाधीशहरु भने प्रधानन्यायाधीशको राजीनामा माग्दै अघोषित रूपमा इजलास बहिष्कार गर्दै आएका छन्। 

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानून व्यवसायी र न्यायाधीशहरूले बहिष्कार सुरु गरेपछि चार दिनदेखि न्यायालय प्रभावित भएको छ।

कात्तिक ११, २०७८ बिहीबार १४:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।