बेलायत भ्रमणपूर्व प्रधानमन्त्रीले गरे सपिङ, के किने सिटी सेन्टरमा ?

बेलायत भ्रमणपूर्व प्रधानमन्त्रीले गरे सपिङ, के किने सिटी सेन्टरमा ?

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण बेलायतबाट सुरु हुँदैछ। उनी जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २६ मा सहभागी हुन भोलि शुक्रबार बेलायत जाँदैछन्।

प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार भोलि बिहान साढे १० बजे देउवा नेतृत्त्वकाे टोली बेलायत जाने भएकाे छ। बेलायत भ्रमणपूर्व भने देउवाले आज सिटी सेन्टर कमलपोखरी पुगेर सपिङ गरेका छन्। 

स्वकीय सचिव देउवाले उकेरासँग भने, ‘लुगाहरू किन्नुभयो, सर्टहरू किन्नुभयो।’ प्रधानमन्त्री देउवाले सिटी सेन्टरमा पुगेर कपडाहरू मात्रै किने। 

उनले सिटी सेन्टरमा प्रधानमन्त्रीले कति रुपैयाँकाे कपडा किने भन्नेबारे भने बताएनन्। 

कात्तिक ११, २०७८ बिहीबार १३:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।